केही समस्या वा गुनासो भएमा कहाँ सम्पर्क गर्ने?

भर्ना सम्बन्धी कुनै दुविधा वा गुनासो भएमा IOE को ईमेल [email protected] मा वा पुल्चोकस्थित सूचना प्रविधि केन्द्र (ICTC) मा सम्पर्क गर्न सकिनेछ।

Unique IOE Roll Number प्राप्त गरिसकेपछि एउटै कार्यक्रमको Full Fee बाट Regular मा परिवर्तन हुने बाहेक अन्य विधा वा कार्यक्रम (जस्तै: Structural बाट Environmental) परिवर्तन गर्न पाइने छैन।

यदि कुनै कार्यक्रममा प्रथम भर्ना सूची प्रकाशन हुँदासम्म पूर्ण शुल्किय र प्रायोजित कोटाको ६०% सिट भरिने नदेखिएमा क्याम्पसले उक्त कार्यक्रम त्यस वर्षका लागि स्थगित गर्न सक्छ। यस्तोमा विद्यार्थीको शुल्क फिर्ता हुनेछ।

शैक्षिक वर्ष २०८२/८३ को प्रथम वर्ष प्रथम खण्डको कक्षा सञ्चालन २०८३ जेष्ठ १ गते देखि हुनेछ।

भर्नाको समयमा S.L.C., १०+२, र स्नातक (Bachelor) तहका लब्धाङ्क पत्र (Transcript), चारित्रिक प्रमाणपत्र, मूल प्रमाणपत्र, र नागरिकताको स्क्यान कपी अपलोड गर्नुपर्छ। पछि क्याम्पसमा उपस्थित हुँदा यी सबैका सक्कल र नोटरी प्रमाणित प्रतिलिपि बुझाउनुपर्छ।

यदि तपाईँ आफू भर्ना भएको कार्यक्रममा सन्तुष्ट हुनुहुन्छ र अर्को सूचीमा माथिल्लो प्राथमिकतामा सर्न चाहनुहुन्न भने अनलाइन पोर्टल मार्फत यो विकल्प रोज्नुपर्छ। यसो गरेमा मात्र तपाईँको हालको सिट सुरक्षित रहन्छ।

यदि कुनै सूचीमा नाम निस्किएर पनि तोकिएको समयभित्र भर्ना प्रक्रिया पूरा नगरेमा, उक्त आवेदकले पछिल्ला कुनै पनि भर्ना सूचीहरूमा दाबी गर्न पाउने छैन र नाम स्वतः हट्नेछ।

Reserved, Sponsored, वा TU/TU-IOE कोटामा भर्न चाहनेले रु. ५०० छुट्टै बुझाई छुट्टै अनलाइन फाराम भर्नुपर्छ। साथै, आवश्यक कागजातहरू चैत १, २, ३ र ५ गतेभित्र सूचना प्रविधि केन्द्र (ICTC), पुल्चोकमा भौतिक रूपमा बुझाउनुपर्नेछ।

मिल्छ। यदि प्राथमिकता क्रम संशोधन गर्नुपरेमा वा विषय थप्नुपरेमा २०८२ चैत ८ गते बिहान ११:०० देखि ३:०० बजेसम्म थप शुल्क बुझाई अनलाइनबाटै संशोधन गर्न सकिनेछ।

आवेदकले अनलाइन फाराम भर्नुअघि आवेदन शुल्क भुक्तानी गरिसकेको हुनुपर्नेछ। भुक्तानी गर्दा र फाराम भर्दा प्रयोग गरिने रोल नम्बरमा वर्ष (२०८२) नराखी बाँकी अंक मात्र (जस्तै: ५०२६ मात्र) राख्नुहोला। भुक्तानी सफल भएपछि सिस्टममा डाटा सिङ्क्रोनाइज हुन केही समय लाग्ने हुनाले, भुक्तानी गरेको कम्तिमा ३० मिनेट प्रतीक्षा गरेर मात्र अनलाइन आवेदन प्रक्रिया अगाडि बढाउनुहोला।